दफा ३१
जुनसुकै बखत साझेदारी बिघटन हुन सक्ने
:– साझेदारहरुमा जुनसुकै व्यहोराको कबुलियत भएको भए पनि कुनै साझेदारले बिशेष कारणबश र खासगरी देहायका परिस्थितिमा साझेदारी बिघटन गराउन सक्नेछ – (क) कुनै साझेदार आफूले गरेको कबुलियत बमोजिमको साझेदारी कार्यभार सम्हाल्न असमर्थ भएमा, वा (ख) अर्को साझेदारले फर्मलाई तिर्न बुझाउन पर्ने रकम नतिरेमा वा आफूले साझेदारीको हिस्सा अरु साझेदारको मञ्जूरी बेगर कसैलाई हक छाडी दिएमा, वा (ग) अर्को साझेदारको हक अदालतबाट भरी भराउमा परेमा, वा (घ) अर्को साझेदारले फर्मको काम कारवाईमा जालसाज वा असाध्य लापरवाही गरेमा, वा (ङ) अर्को साझेदारले कैदको सजाय पाएमा ।